‘ए मेरो हजुर २’ ले हौसिएकी झरनाले ‘भागवत गीता’ बनाउने


डेब्यु निर्देशकीय फिल्म ‘ए मेरो हजुर २’ को सफलतापछि अभिनेत्री तथा निर्देशक झरना थापाले ‘भागवत गीता’ बनाउने घोषणा गरेकी छन्। आफ्नो गृहजिल्ला दाङ पुगेका बेला पत्रकारहरुसँगको साक्षात्कारमा उनले नयाँ फिल्मबारे बताएकी हुन्।

आफ्नै ब्यानरमा पति सुनील कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ यो बर्षको अन्तिममा फ्लोरमा जाने उनले जानकारी दिइन्।

अघिल्लो फिल्म जस्तै यो फिल्म पनि युवाको प्रेम कथामा आधारित रहने उनको भनाइ छ। फिल्मबारे विस्तृत खुलाइएको छैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.