झरनाले फिल्म ‘भागवत गीता’ बनाउने

झरनाले फिल्म ‘भागवत गीता’ बनाउने


अभिनयपछि निर्देशनमा डेब्यू गरेकी झरना थापाले फिल्म ‘भागवत गीता’ बनाउने भएकी छन्।

चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा उनले आफ्नो नयाँ फिल्म बारे जानकारी दिएकी हुन्।

प्रेम कथामा आधारीत फिल्म ‘भागवत गीता’लाई होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन्।

फिल्म भागवत गीताको छायाँकन यही वर्षको अन्त्यबाट सुरु गर्ने झरनाले जानकारी दिइन्।

फिल्म ‘ए मेरो हजुर २’ को सफलतापछि उनले यसको सिक्वेल बनाउने सोचमा पनि आफु भएको जानकारी दिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.