अभिनय गर्नु भन्दा चलचित्र निर्माण गर्न गाह्रोः झरना थापा

अभिनय गर्नु भन्दा चलचित्र निर्माण गर्न गाह्रोः झरना थापा


अभिनेत्री झरणा थापाले चलचित्रमा अभिनय गर्नुभन्दा चलचित्र निमार्ण गर्न गाह्रो रहेको बताएकी छन्। चलचित्र पत्रकार संघ दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्देशक थापाले अभिनय भन्दा चलचित्र निर्मांण गर्न जटिल रहेको अनुभूती साटेकी हुन्।

‘शारिरीक मेहनत बढी परेतापनि अभियन अरुको निर्देशनमा गरिन्छ, तर, चलचित्र निर्माण गर्दा बढी मानसिक तनाव हुँदो रैहेछ।’ नायिका थापाले भनिन्।  तर उनले आफूलाई अभिनय र निर्देशक दुबै रुपमा दर्शकले माया गरेको बताइन्। ‘आफु चलचित्रमा नायिका भएर अभिनय गर्दा दर्शकले जसरी मन पराएर अत्यधिक साथ दिएका थिए त्यसैगरी नै निर्देशनका रुपमा पनि दिए।’ थापाले भनिन्।

उनले चलचित्र ‘ए मेरो हजुर २’ सफल हुनुको कारण दर्शककै मायाले भएको बताइन्। यो चलचित्रमा आफुले अत्यन्तै मिहेनत गरेको अनुभूती पनि उनले साटेकी थिइन्। चलचित्र रिलिज हुनुपुर्व पहिलाको आफ्नो स्टारडम फेरी आउने हो कि हैन? भन्ने चिन्ता लागेको भएपनि चलचित्र रिलिज भएपछि प्राप्त सफलताले आफूलाई दर्शकले निर्देशकका रुपमा रुचाएको प्रमाणित भएको उनले दावी गरिन्।

यसैबीच अभिनेत्री थापाले चलचित्र ‘ए मेरो हजुर २’ हिट भएको हुँदा पुनः उक्त चलचित्रको सिक्वेलको रुपमा ‘ए मेरो हजुर ३’ बनाउने उद्घोष समेत गरेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.