खगेन्द्र लामिछानेको लेखनमा फिल्म ‘डमरुको डण्डीबियो’ बन्ने


अभिनेता खगेन्द्र लामिछानेको लेखनमा फिल्म ‘डमरुको डण्डीबियो’ निर्माण हुने भएको छ।
शुक्रबार एक कार्यक्रमबीच छेतेन गुरुङले निर्देशन गर्ने फिल्म ‘डमरुको डण्डीबियो’ को औपचारिक घोषणा भएको हो।

फिल्ममा खगेन्द्रको लेखन र अभिनय रहनेछ भने खगेन्द्रलाई अभिनेत्री मेनुका प्रधानले साथ दिनेछिन्। फिल्ममा खगेन्द्र र मेनुकाको अलावा अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण हुने फिल्मको लगानी १ करोड ५० लाखको हुने निर्माण पक्षले जनाएको छ। फिल्म असोज २२ गतेबाट छायाँकन हुनेछ।

फिल्म ‘डमरुको डण्डीबियो’ एक मौलिक कथावस्तुमा आधारित भएको अभिनेता खगेन्द्रले बताएका छन्।
उनले आफ्नै फिल्म मात्र खेल्ने भन्ने आरोपबाट मुक्त भएको बताउँदै यस फिल्मलाई फरक ढङ्गबाट प्रस्तुत गरिने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.