काजुओ इसिगुरोले पाए साहित्यतर्फको नोबेल पुरस्कार

काजुओ इसिगुरोले पाए साहित्यतर्फको नोबेल पुरस्कार


कथाकार, उपन्यासकार तथा फिल्म लेखक काजुओ इसिगुरोले साहित्यतर्फको नोबेल पुरस्कार जितेका छन्।

जापानको नागासाकीमा सन् १९५४ मा जन्मिएका इसिगुरोलाई पाँच वर्षको छँदा आमाबाबुले बेलायत लगेका थिए।

काजुओको सन् १९८९ मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ निकै चर्चित छ। यसले बुकर प्राइज जितेको थियो।

उनलाई ‘द टाइम्स’ ले ‘सन् १९४५ यताका ५० महान लेखक’ सूचीको ३२ औं नम्बरमा समावेश गरेको थियो।

उनका ‘अ पेल भ्यु अफ हिल्स’, ‘एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्डस्’, ‘द रिमेन्स अफ द डे’, ‘नेभर लेट मी गो’ गरी सातवटा उपन्यास प्रकाशित छन्। उनको पछिल्लो कृति ‘द बरिड जायन्ट’ हो, जुन २०१५ मा प्रकाशित भएको थियो।

टेलिभिजन तथा फिल्मका लागि स्क्रिप्टसमेत लेख्ने उनको अर्को परिचय गीतकार पनि हो। उनका दुई उपन्यासमाथि फिल्मसमेत बनेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.