नेपाल आईडलको पहिलो अन्तराष्ट्रिय शो शुक्रबार युएईमा हुँदै

नेपाल आईडलको पहिलो अन्तराष्ट्रिय शो शुक्रबार युएईमा हुँदै


पहिलो नेपाल आईडल विश्व संगित यात्रा भोलि (शुक्रबार) युएईको अबुधाबीबाट सुरू हुने भएको छ।

नेपाल आईडल विजेता बुद्ध लामा , फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले  शुक्रबार नेपाल आईडल लाईभ मार्फत एकसाथ पहिलो अन्तराष्ट्रिय  शो गर्न लागेका हुन् ।

एभरेष्ट मिडियाले आयोजना गरेको नेपाल आईडल लाईभमा नेपाल आईडलका उत्कृष्ट ३ का बाहेक  प्रमिला राई र अफ्सर अलि समेत सहभागी हुनेछन् ।

नेपाल आईडलको टोलीमा कार्यक्रम संचालक सुशिल नेपाल र सुदीप पोखरेलसँगै गायिका तृष्णा गुरुङको विशेष प्रस्तुति रहने आयोजक एभरेष्ट मिडियाले जनाएको छ । कार्यक्रममा नेपाल आईडलका निर्देशक लक्ष्मण पौडेल र साथमा एपीवान टेलिभिजनका प्रतिनिधिहरू समेत सहभागी हुने बताईएको छ ।

करीब ५ हजार नेपालीले नेपाल आईडलको समूहसँग नाचेर, झुमेर मनोरञ्जन लिने आयोजक एभरेष्ट मिडियाका प्रनव ओलीले बताए । शुक्रबार अबुधाबीको नेशनल थिएटरमा हुने भनिएको कार्यक्रम दर्शक नअट्ने भएपछि कन्ट्री क्लब स्टेडियममा सारिएको उनले जानकारी दिए ।

यो टोलीले अबुधाबीको कार्यक्रम सकेर शनिबार पुनः दुबईमा कार्यक्रम गर्ने छ । शनिबार दुबईको रोयल अस्कोटमा रहेको स्पृ द क्लबमा नेपाल आईडल लाईभ कार्यक्रम हुने छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.