‘चेप्टे चेप्टे पेरुङ्गो’मा यसरी नाचे दयाह्याङ्ग र दीया(भिडियो)


फिल्म ‘ह्याप्पी डेज’को पहिलो गीत सार्वजनिक भएको छ। मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘ह्याप्पी डेज’को ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वरमा दयाह्याङ्ग राई र दीया पुनको नृत्य रहेको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म माघ १२ गते देशव्यापी रुपमा रिलिज हुनेछ। फिल्ममा दयाहाङ र दीया सहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाको छायांकन बेलायतमा गरिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.