सन्जु मोक्तान ‘मिस टिन नेपाल २०१७’ घोषित


‘मिस टिन नेपाल २०१७’ को उपाधी सन्जु मोक्तानले जितेकी छन्। काठमाडौं जेसिसद्वारा असोज ६ गते आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ मा २७ प्रतिस्पर्धी मध्ये मोक्तान मिस टिन २०१७ घोषित भएकी हुन्।

मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएका छन्।

इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित ‘मिस टिन २०१७’ को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए।

‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ को मन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ।

विश्वभर नारी सौन्दर्यलाई प्राथमिकता दिदैं आएको इन्च्यान्टरको प्रायोजनमा आयोजित उक्त ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ लाई सफल बनाउनु हुने सबैमा इन्च्यान्टर कृतज्ञ रहेको विज्ञप्तिमा जारी गरिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.