तेस्रो अन्तराष्ट्रिय रामायण महोत्सवमा नेपालको प्रस्तुति


भारतमो भएको तेस्रो अन्तराष्ट्रिय रामायण महोत्सवमा नेपालले सहभागीता जनाएको छ। भारतीय सांस्कृतिक सम्बंध परिषद्को निमन्त्रणमा भदौ २७ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यहरु प्राज्ञ परिषद् सदस्य माधव कुमार प्रधानको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै नयाँ दिल्ली पुगेका थिए।

कार्यक्रममा नेपाल लगायत भारत, इन्डोनेसिया, मलेसिया, मौरसिस र श्रीलंकाका नाट्य संस्थाहरुको सहभागिता रहेको थियो।

२८ गते (सेप्टेम्बर १३) मा नयाँ दिल्लीस्थित कामिनी अडिटोरियममा पहिलो प्रस्तुति श्रीलंकाको रहेको थियो भने दोस्रो प्रस्तुति स्वरुप नेपालको तर्फबाट सीता स्वयंबर नृत्य नाटिका मञ्चन भएको थियो।

नेपाली टोलीको हौसला बढाउन भारतका लागि राजदुत दिप कुमार उपाध्यय कार्यक्रममा उपस्थित थिए। दिल्ली पश्चात उडिसा राज्यको भुवनेश्वरको रबिन्द्र मण्डप हलमा ३० गते (सेप्टेम्बर १५) आफ्नो प्रस्तुति देखाएको थियो।

नाटकलाई वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधानले गरेका थिए भने सह निर्देशनको जिम्मेवारी नारायणी देवी प्रधान र कृष्णभक्त मर्हजनले निर्वाह गरेका थिए। उदय श्रेष्ठले मञ्च व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। सुधाकर पन्तको संगीत सिर्जना रहेको नृत्य नाटिकामा उदय श्रेष्ठले संगीत संयोजन गरेका थिए।

मञ्चमा रामको भूमिकामा हरिभक्त मर्हजन, सीताको भूमिकामा सुरसा श्रेष्ठ लक्ष्मणको भूमिकामा सन्तोष श्रेष्ठ राजकुमारहरुको भूमिकामा माधव प्रधान, उदय श्रेष्ठ र धुर्व वाग्ले थिए। राजा जनकको भूमिकामा राधेश्याम प्रधान र जनक पत्नीको भूमिका नारायणी देवी प्रधान रहेका थिए।

त्यसैगरी सीताका सहेलीको भूमिकामा सूर्या कार्की र राममाया मर्हजन, राजा दशरथको भूमिकामा उदय श्रेष्ठ, रानी कौसिल्याको भूमिकामा पवित्रा घर्ती, ऋषि विस्वामित्र र पर्शरामको भूमिकामा कृष्णभक्त महर्जन थिए। नेपाली टोली असोज ४ गते काठमाडौं फर्किएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.