‘अनुराग’मा एलिजाको ‘हिरो’ पल साह


फिल्म ‘अनुराग’ मा एजिला गौतमकको जोडी अभिनेता पल साह हुने भएका छन्। पत्रकार ऋषि धमलाकी पत्नी एजिलाले निर्माण गर्ने फिल्मको लागि यसअघि मोडल दिपक घिमिरेले हात झिकेपछि पललाई अनुबन्धित गरिएको हो।

यसअघि फिल्ममा सलोन बस्नेतलाई लिने कुरा भएपनि पलसँग एलिजाको जोडी पक्का भएको छ। निर्मात्री तथा अभिनेत्री गौतमले दिएको जानकारी अनुसार पल र फिल्म निर्माण कम्पनी एरिका फिल्मस् प्रोडक्सन कम्पनिबीच सोमबार सम्झौता हुनेछ।

पलले पनि फिल्मको विषयबस्तु राम्रो लागेकोले फिल्मको लागि तयार भएको बताए। फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गर्नेछन्।

निर्माण पक्षले फिल्मको छायाँकन छठपर्व सकिएपछि सुरु गर्ने जनाएको छ।

भदौ २१ गते बुधबार एक कार्यक्रमबीच एलिजाले फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन्। माया प्रेममा आधारीत फिल्म ‘अनुराग’मा कलाकार सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदिले पनि अभिनय गर्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.