‘घन घन मादल घनकीयो’ मा यसरी नाचे दिलिप र जुनु


फिल्म ‘चर्खा’मा समाबेश ‘घन घन मादल घनकीयो’ बोलको एक भिडियो गीत सार्बजनिक गरीएको छ। हाईलाईटस नेपालले शुक्रबार युटयब मार्फत यो गीतलाई सार्बजनिक गरेको हो।

सार्बजनिक गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ। गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ। गीतमा कलाकार दिलप रायमाझी र जुनु रिजाल फिचरिङ छन्। बिकाश चौधरीको संगीत रहेको यो गीतलाई फिल्मका निर्देशक गोबिन्द गौतमले लेखेका हुन।

मकवनपुरको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो गीतको कोरियोग्राफी कबिराज गहतराजले  गरेका छन् भने दिब्य सुबेदी छायाँकार रहेका छन्।

फिल्ममा निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी,जुनु रिजाल,दिलिप रायमाझी लगाएतका कलाकारहरुको अभिनय रहेको छ।

संजिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो फिल्मलाई मकवानपुर र सिक्कमका रमणिय दृशयहरुमा छायॉकन गरीएको निर्देशक गौतमले बताएका छन्।

फिल्मका प्रस्तुतकर्ता गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतम रहेका छन । गौतमले यस अघि थ्रि लर्बस,फन्को,भाग सानी भाग,हिरो रिर्टनस लगाएतका चलचित्रहरुमा लगानी गरीसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.