कार्टुन्ज क्रु को नयाँ गीत सार्वजनिक(भिडियो)


लोकप्रिय डान्स ग्रुप कार्टुन्ज क्रु को नयाँ भिडियो गीत सार्वजनिक भएको छ। ‘रुपको क्यालेन्डर’ बोलको गीत कमेडी रुपमा प्रस्तुत गरिएको छ। डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत संयोजनमा गीतमा सुन्दर भिकेटीको स्वर रहेको छ।

कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज र सुबिनले कोरियोग्राफी गरेका छन्।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी, विकास राई फिचरिङ छन्। भिडियोमा केहि नयाँ गर्ने प्रयास गरेको कार्टुन्ज क्रुले जनाएको छ । हेर्नुस् भिडियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.