‘सकस’को ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्वजनिक


एनबी महर्जन निर्देशित फिल्म ‘सकस’को गीत सार्वजनिक भएको छ।  राई नविन र करुणा हमालको स्वरमा ‘बिस्तारै बिस्तारै’ बोलको गीतमा सुन्दर श्रेष्ठ र महिमा सिलवाल फिचरिङ छन्।

गीतमा शहदेव ढुंगानाको शब्द  र चेतन सापकोटाको संगीत रहेको छ।

समीर मियाले गीतलाई कोरियोग्राफी गरेका छन्। फिल्म सकस कात्तिक २४ गते प्रदर्शन गर्ने तयारीमा छ।

सुन्दर श्रेष्ठ निर्माता रहेको फिल्ममा सुन्दर र महिमाका अलावा सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारको अभिनय छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.