‘चन्द्रमा झैं राम्री छौ’ भन्दै सलोनले फकाए करिश्मालाई(भिडियो)


सलोन बस्नेत अभितिन फिल्म ‘बाबुकान्छा’को गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबिच फिल्मको ‘चन्द्रमा झै राम्री’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

यो गीत ‘कर्णवी’ चलचित्रमा समावेश गीतको रिमिक्स भर्सन गरिएको हो। सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सन सुनारले तयार पारेका हुन्।

गीत सार्वजनिक गर्दै निर्देशक शोभित बस्नेतले नयाँ पुस्तालाई मध्य नजर गर्दै गीत तयार गरिएको बताए। फिल्म ‘कर्णवीर’लाई पनि निर्देशक शोभित बस्नेतले निर्देशन गरेका थिए।

भिडियोमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, एसलिन ज्ञवाली, ज्योत्सना महर्जन लगायत फिचरिङ भएका छन्। गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबु कान्छा’माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए।

सार्वजनिक गीतमा दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ।

फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राटा सापकोटा ,लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्मा गौतम राज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ।

संचारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन्। सन्तोष राज भण्डारी र सुजन घिमिरे सह निर्माण रहेको फिल्मको कथा निर्देशक बस्नेत आफैँले लेखेका हुन्।

हेर्नुस् भिडियो

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.