‘कभर गीत अनलाइन सिङ्गिङ कम्पिटिसन २०७४’को बिजेता बने सुमन श्रेष्ठ


साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भएको ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को उपाधी सुमन श्रेष्ठले जितेका छन्।

उनले उपाधी संगै नगद ५० हजारपनि प्राप्त गरेका छन्।

चर्चित गायक राजेश पायल राईको प्रमुख आतिथ्यमा असोज ५ गते अनामनगरको युनियन हाउसमा भएको कार्यक्रममा विजेता सुमनलाई ५० हजार नगद गायक पायलले नै हस्तान्तरण गरेका थिए।

यसैगरि क्रमशः फस्ट रनरपको उपाधी अमृत लिम्बुले हात पर्दा सेकेन्ड रनरपको उपाधी अमर तामाङ्गले जितेका छन्। । प्रतियोगिताको थर्ड रनरप बसन्त दुुखुम राईले जितेका छन् ।

क्रमशः फस्ट रनरपलाई ३० हजार, सेकेन्ड रनरपलाई २० हजार र थर्ड रनरपलाई १० हजार नगद रुपैयाँ कार्यक्रममा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बिशेष अतिथी संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, प्रस्तोता समाजका महा–सचिव राई नबीन, नृत्य निर्देशक गोबिन्द राई, गीतकार राम भट्टराई अतिथी रहेको कार्यक्रममा आयोजकले ७ जना सान्तवना विजेतालाईपनि सम्मान गरेको छ।

सान्तवना हुनेमा बसन्ती लिम्बु, राज खिम्दीङ लिम्बु, बिरेन्द्र सुनवार, विकास राई, सन्तोष रसाइली, विमल सिगु लिम्बु, मिनराज चाम्लीङ रहेका छन्। उनीहरुलाई पनि ५–५ हजार  रुपैयाँ दिइएको छ।

विजेताहरुलाई प्रमाणपत्रसँगै नगद हस्तान्तरणपनि कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा चर्चित गायक राजेश पायल राईले विजेता सबैलाई बधाई दिए। आफ्नो संर्घषका दिनहरु सम्झिदै गायक राजेश पायलले विजेताहरुलाई संघर्षको दिनहरु सुरु भएको सल्लाह दिए।

त्यस्तै बिशेष अतिथी संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले पनि विजेताहरुलाई बधाई दिँदै विदेशमा बसेर पनि संगीतको सम्मान स्वरुप यो कभर प्रतियोगितालाई बुझेको बताए।

‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को निर्णायक गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राईले गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.