‘मिस पोखरा २०१७’ को उपाधि ममता जोशीलाई


जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको ‘मिस पोखरा २०१७’ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन्। १५ जना प्रतिसपर्धीलाई पछि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। उनले  उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जित्न सफल भएकी छन्।
त्यसै गरि फष्ट रनर अफ पुनम केसी भएकी छन्। उनले फष्ट रनरअपले उपाधिसँगै ३० हजार रुपैयाँ सहित आकर्षक उपहार जित्न सफल भएकी छन्। त्यसै गरि सेकेण्ड रनर अपको उपाधि सिम्रन गुरुङले जितिन्। उनले नगद २० हजार रुपैयाँ र अन्य आकर्षक उपहार पाउन सफल भएकी छन्।
पाँच जिल्लाका ३७ जना आवेदकहरु मध्येबाट छनोट भएका १६ जनाबिच बिहीबार अन्तिम प्रतिस्पर्धा भएको थियो। सन् १९९५ देखि पोखरामा मिस पोखरा सुरु भएको हो। विजेतालाई मिस पोखरा २०१६ की बिजेता, जेसीआई पोखराका अध्यक्ष शिव प्रसाद कोइराला, जेसीआई पोखराका कार्यकारीणि उपाध्यक्ष शिव प्रसाद सापकोटाले लगाएतले पुरस्कार वितरण गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.