मेलिना राइको ‘तल्लाघरे साईला’ मा गौरब र बेबोको मायापिरती


गायिका मेलिना राई को स्वरमा ‘तल्लाघरे साईला’ बोलको गीत को भिडियो सार्वजनिक भएको छ। संचार कर्मी दीपेन्द्र घिमिरे को शब्दमा ‘तल्लाघरे साईला’ मा एस.डी योगी को संगीत रहेको छ। सार्वजनिक भिडियोमा अभिनेता गौरब पहारी सँगै बेबो आचार्यको अभिनय रहेको छ ।

गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। गीतलाई अर्जुन तिवारीले छायाँकन गरेका छन् भने  राजिव समर कोरियोग्राफी गरेका छन्। अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको गीतलाई चन्द्र गौतमले निर्माण र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

गीत सार्वजनिक भएपछि भिडियोका अभिनेता गौरव पहारीले साईला पछी आएको आफ्नो यस् म्युजिक भिडियो ले साईला जस्तै छाप छोड्ने विश्वास व्यक्त्त गरे। यसै भिडियोबाट डेब्यु गरेकी बेबो आचार्यले यस म्युजिक भिडियोबाट आफ्नो करीयर माथि उकासिने विश्वास व्यक्त्त गरिन्। गीतका रचनाकार दीपेन्द्र घिमिरेले यस गीत सार्वनजिक भएपछी अगामी दिनमा पनि गीत लेख्ने बताएका छन्।

हेर्नुस् भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.