यस्तो देखियो ‘एेश्वर्य’को ट्रेलरमा रमेश र दीपिकाको जोडी(भिडियो)


रमेश उप्रेतीको फिल्म ‘एेश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ। घटस्थापनाको अवसर निर्माण पक्षले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा दीपिका प्रसाइ, रमेश उप्रेती र प्रशान्त ताम्राकारबीचको द्वन्दलाई देखाइएको छ। ट्रेलरमा रमेश र दीपिकाबीचको प्रेम, द्दन्दलाई प्रस्तुत गरिएको छ।

फिल्मको ट्रेरल रिलिज गर्दै निर्माता रमेश उप्रेतीले फरक ढङ्गले फिल्म निर्माण गरिएकोले फिल्मले सफलता पाउने बताए। उनले यस फिल्मको ट्रेलरबाट पनि केही बुझ्न सकिने बताउँदै फिल्मको कथाबस्तु निकै फरक भएको दावी गरे।

उनले भने,’ सार्वजनिक भएको ट्रेलरबाट पनि एेश्वर्यको कथा केहि बुझ्न सक्नुहुन्छ। यो फिल्म केही फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेका छौं। कलाकारबाट निर्मातामा पहिलो डेब्यु भएकाले निकै मिहेनत गरेर बनाएका छौं। यो फिल्म चल्ने विश्वास लिएको छु।’

यसअघि फिल्मको ‘तिमी रोएको पल’ बोलको गीत सार्वजनिक भएको थियो। जसले राम्रो चर्चा कमाएको छ।

फिल्ममा रमेश, प्रशान्त र दीपिकाको साथै केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ।

फिल्मलाई रमेश उप्रेती ले प्रस्तुत गरेका छन्। फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। दीवाकर भट्टराई निर्देशित फिल्म एेश्वर्या कात्तिक ९  मा रिलिज हुनेछ।

हेर्नुहोस् ट्रेलर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.