प्रदेशीको कथामा ‘भएँ प्रदेशी’ बोलको गीत सार्वजनिक


प्रदेशीको कथामा ‘भए प्रदेशी’ बोलको गीत सार्वजनिक भएको छ। माधव भुषाल र जीवन लुइटेलको शब्द संगीतमा भुषाल र देवी घर्तीले गीतमा स्वर दिएका छन्। यूट्युबमा सार्वजनिक भिडियोमा कलाकार केशब र निशाले अभिनय गरेका छन्।

गीतलाई सन्तोष शर्माले निर्देशन र छायाँकन गरेका छन्। गीतमा विभिन्न कारणले विदेश गएर बाँच्नुपरेको जीवनको अवस्थालाई वियोगान्त रुपमा प्रस्तुत गरिएको छ।

गीतलाई सौगात फिल्म्सले बजार व्यवस्थापन गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.