अभिनेत्री नम्रता सापकोटाले बालबालिकासँग मनाइन् आफ्नो जन्मदिन


अभिनेत्री नम्रता सापकोटाले  बुधबार आफ्नो जन्मदिन मनाएकी छन्। उनले आफ्नो जन्मदिन बालबालिकाहरुको साथमा रमाएर मनाइन्।

बानेश्वारमा रहेको नयाँ नेपालका बालबालिकासँग उनले आफ्नो जन्मदिनको खुसीयाली साटेकी छन्। उनले बालबालिकालाई केही उपहार पनि दिइन्। उपाहार पाएर बालबालिका पनि निकै खुसी भएका थिए। उनीहरुले पनि नम्रतासँग बिभिन्न गीतमा कम्मर मर्काए।

नम्रताले ती बालबालिकासँग नाचेर केही समय बिताइन्। जन्मदिन मनाए पनि उनले आफ्नो उमेर भने खोलिनन् ।

उनले भनिन् ‘म १६ बर्ष पुगेकी छु।’

नम्रताले फिल्म छक्का पञ्जा मा बिष्णुको भूमिका निभाएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.