‘मिस एयर होस्टेस २०१७’ को ताज धरानकी रिवा लिम्बुलाई

सिजन मिडियाद्धारा आयोजित मिस एयर होस्टेस २०१७ को विजेता धरानकी रिवा लिम्वु विचमा,फष्ट रनरअप नतसीजु सिंह ठकुरी ,सेकेन्ड रनर अप मोनालिसा पाख्रिन। तस्बिरः प्रदीपराज वन्त,रासस


‘मिस एयर होस्टेस २०१७’ को ताज धरानकी १९ वर्षीय रिवा लिम्बुले जितेकी छन्। उनले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस एयर होस्टेस २०१७’ को ताज आफ्नो शिरमा पहिरिएकी हुन्।

जितसँगै लिम्बुले २५ हजार नगद रुपैयाँ र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छन्। साथै उनले एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरेकी छन्।

यसैगरि फस्ट रनर अप कंलङ्कीकी सिजु सिंह ठकुरी घोषित भएकी छन्। उनले वेष्ट ड्रेसको उपाधी पनि प्राप्त गरिन्। उपाधिसँगै उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरेकी छन्।

‘मिस एयर होस्टेस २०१७’ को सेकेण्ड रनर अप मोनालिसा पाख्रीन भएकी छन्। उनले केण्ड रनर अप र मिस पर्सनालीटीको अवार्ड पनि हात पार्दै दश हजार रुपैयाँको साथै वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा १ लाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छन्।

अवार्डहरुमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनीक अस्मीता वुढाथोकी, वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोसी , मिस पपुलर फुरलामु सेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठ, साथै भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई , वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भएका छन्।

सिजन मिडियाले ‘मिस एयर होस्टेस २०१७’ को आयोजना गरेको थियो।

कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो.डा. स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणीत केसी, सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.