‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड भ्यू


फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’ बोलको युट्युबमा १ करोड भ्यू कटाएको छ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्मको यो गीतलाई चोरीको आरोप पनि लागेको थियो। निकै विवादमा घेरीएको फिल्मको यो गीत युट्युबमा सार्वजनिक भएको २ महिनमा १ करोड पटक हेरिएको छ।

यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्मका ‘पूर्व पश्चिम रेल’ र ‘सुर्के थैली’ बोलका गीतले पनि युट्युबमा १ करोड भ्यू कटाएको थियो। युट्युबमा १ करोड भ्यू कटेपछि फिल्मकी निर्देशक दीपाश्री निरौलाले सबै दर्शकलाई धन्यवाद दिएकी छन्।

प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीको संगीतमा अल्मोडा उप्रेतीको अल्मोडा र सुजाता बर्माको स्वर रहेको छ।

यस गीतमा र्षा राउत, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालको अभिनय देख्न सकिन्छ।
नाइनलको साडी’लाई दीपकराज गिरी र प्रिन्सले संयुक्त रूपमा लेखेका हुन् । फिल्म असोज ११ गतेबाट प्रदर्शनमा आउनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.