फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर सार्वजनिक


ईश्वर थापा निर्देशित फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ।

फिल्ममा इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पल, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय रहेको छ।

फिल्मको छायाँकन अमेरिकामा भएको छ। फिल्मका छायाँकार शम्भु मोक्तान हुन् भने सुरेन्द्र नकर्मीले फिल्मको कथा लेखेका छन्।

फिल्ममा बाबु बोगटी र ओम कर्मचार्यको संगीत दिएका छन्। फिल्म अमेरिका र नेपालमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.