ऋचा शर्माले फिल्म ‘सुनकेसरी’ निर्माण गर्ने


अभिनेत्री ऋचा शर्माले फिल्म ‘सुनकेसरी’ निर्माण गर्ने भएकी छन्। अष्ट्रेलियाको सिड्नीमा फिल्मको शुभसाइत गरिएको छ। फिल्मको निर्देशन अर्पण थापाले गर्नेछन्।

फिल्मलाई अभिनेत्री ऋचा शर्मा र अष्ट्रेलियाका भिम न्यौपानेले संयुक्त रुपमा लगानी गर्न लागेका हुन्।

फिल्म निर्माणको लागि ऋचा र निर्देशक थापा अष्ट्रेलियामा छन्। फिल्ममा कलाकारहरु ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतले अभिनय गर्ने जनाइएको छ।

फिल्ममा तीन मुख्य पात्रहरुको एक घरमा भुतसँग जीवन संर्घषको कथा समेटिएको निर्माण पक्षले जनाएको छ।

सन् २०१८ को मध्यसम्म फिल्मलाई नेपाल र नेपाल बाहिर एकसाथ प्रदर्शन गरिने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.