लोक दोहोरीमा प्रियंका कार्की (भिडियो)


अभिनेत्री प्रियंका कार्कीले लोक दोहोरी गीतमा अभिनय गरेकी छन्। बिभिन्न विधाका गीतमा मोडलिङ गरिसकेकी कार्कीले पहिलोपटक लोकदोहोरी गीतमा अभिनय गरेकी हुन्।
नवीन भट्टराई र प्रिया भण्डारीको स्वरमा ‘नसोध कसैले’ बोलको गीतमा जीवन भट्टराईसँग कार्कीको तृत्य देख्न सकिन्छ।
गीतकार तथा संगीतकार शिव सुवेदीको शब्द-संगीत रहेको  गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्। राजीव समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन्।
https://www.youtube.com/watch?time_continue=39&v=AeLjEnITI44

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.