तामाङ कलाकार संघको अध्यक्षमा वाइवा


नेपाल तामाङ कलाकार संघको पाँचौ अधिवेशनमा गायक सञ्जिव वाइवा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा जमुना योञ्जन, कृष्ण वाइवा, महासचिवमा विश्व दोङ, सचिवमा विशाल काल्तान, कोषाध्यक्षमा शशिकला मोक्तान चयन भएका छन्।

यसैगरि सदस्यहरुमा हेम वाइबा, चाँदनी मोक्तान, सानु वाइबा, रोशन फ्युबा तामाङ, फूलकुमार बमजन, निर्मला घिसिङ, कुमार तामाङ, बुद्ध लामा, सुवास लामा, उत्तर लामा र कुमार स्याङबा चुनिएका छन्।

भक्त्तपुरमा सम्पन्न अधिवेशनको उद्घाटन सभासद तिर्थ लामाले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै उनले हक अधिकार र परिवर्तनको लागि तामाङ कलाकारहरुले अभियान नै चलाउनु पर्ने बताए।

अधिवेशनमा गायिका कुन्ती मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, पहिलो सेलो गायक चन्द्रकुमार मोक्तान, कवि एवं सञ्चारकर्मी फूलमान वल आदिको उपस्थिति रहेको थियो।

तस्वीरः सुवास मोक्तानको फेसवकवालबाट

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.