फिल्म ‘दुई रुपैयाँ’ जापानमा प्रदर्शन हुने


फिल्म ‘दुई रुपैयाँ’ जापानमा पनि प्रदर्शन हुने भएको छ। दशैंको भोलिपल्टदेखि टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले  जनाएको छ। फिल्म टोकियोसहित तोचिगी, नागोया, फुकुओका लगायत जपाानका अन्य मूख्य शहरमा पनि प्रदर्शन हुनेछ जनाइएको छ।

नेपाली हलमा फिल्म  भदौ २३ गते प्रदर्शनमा आएको थियो।

फिल्मको  ‘कुटुमा कुटु’ बोलको गीत यूट्युबमा सर्वाधिक हेरिएको छ। ‘दुई रुपियाँ’ लाई असिम साहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहरी लगायतका कलाकारको मूख्य भूमिका रहेको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.