अभिनेत्रीबाट निमात्री बन्दै नीता, लञ्च गरिन् आफ्नै प्रोडक्सन हाउस


अभिनेत्री नीता ढुङ्गानाले अब फिल्म निर्माण गर्ने भएकी छन्। विहिबार उनले जन्मदिनको अवसरमा आफ्नै प्रोडक्सन हाउस ‘नीता फिल्मस् प्रोडक्सन’ लञ्च गरेकी छन्।

लगातार फिल्ममा असफलता भोगेपछि आँफै फिल्म निर्माणमा कसिएको नीताले जानकारी दिइन्। अब २५ वर्षीय नीता अभिनेतीबाट निर्मात्री बन्ने होडमा सामेल भएकी छन्।

यसअघि अभिनेत्री रेखा थापा, करिश्मा मानन्धर, झरना थापा, शिल्पा पोखरेल, निशा अधिकारी लगायतका अभिनेत्रीहरु निर्मात्री बनिसकेका छन्।

निताले छिट्टै फिल्म निर्माण गर्ने र त्यसको लागि राम्रो निर्देशक र लेखकको खोजीमा रहेको पनि बताइन्।

आफ्नो प्रोडक्सन हाउसको लञ्चसँगै नीताले पत्रकार संघ, नेपालको कल्याणकारी कोषमा २० हजार रुपैयाँ सहयोग गरेकी छन्।

नृत्यमा अब्बल नीताले लगभग दुई दर्जन फिल्ममा काम गरेकी छन्। किसान, मसान, नोटबुक, लेकसाइड, भुल भुलैया, हाम्रो माया जुनी जुनीलाई, ६ एकान ६ जस्ता फिल्म नीताले खेलेकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.