फिल्म ‘म यस्तो गीत गाँउछु’ ले कटायो ६५ दिन


पल शाह र पुजा शर्मा अभिनित फिल्म म यस्तो गीत गाउँछु’ले हलमा ६५ दिन कटाएको छ।
धेरै नेपाली फिल्म हलबाट २ साता नवित्दै उत्रिने अवस्थबाट यो फिल्मले आफुलाई हलहरुमा ६५ दिन कटाएको छ।

फिल्मले अष्टनारायण हलमा शनिवार ५२ औं दिन र गोपिकृष्ण र गुण हलमा ६५ दिन कटाएको हो।

फिल्म रिलिज भएको केही हप्तामै यसको अर्को सिक्वेल निर्माणको घोषणा पनि भइसकेको छ। निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसरमा भदौ २१ गते फिल्मको सिक्वेल बनाउने घोषणा गरेका थिए। उनी आफ्नो फिल्मले हलमा १०० दिन कटेको हेर्न चाहन्छन्।

उनका अनुसार अब छिट्टै फिल्मको सफलताको विशेष पार्टी आयोजना हुनेछ। थापाले फिल्म सफल बनाउन सबै दर्शक, शुभचिन्तक र सञ्चारकर्मीको भूमिका भएकाले धन्यवाद पनि दिएका छन्।

फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङ लगायत कलाकारको अभिनय रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.