मह जोडीले फिल्म ‘शत्रु गते’ निर्माण गर्ने

मह जोडीले फिल्म ‘शत्रु गते’ निर्माण गर्ने


हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म ‘शत्रु गते’ निर्माण गर्ने भएका छन्। फिल्म निर्माणको घोषणा एक हप्ताअघि भएपनि फिल्मको नाम भने यही हप्ता जुरेको हो।

राजधानीमा एक कार्यक्रमबीच फिल्मको नाम सार्वजनिक गरिएको हो। फिल्मका निर्माता हरिवंश आचार्यले फिल्मले तराई, हिमाल र पहाडको कथा बोकेको जानकारी दिए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहने उनले जानकारी दिए।

किरण केसीको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले संयुक्त रुपमा चलचित्र निर्माण गर्नेछन्।

फिल्मको कथा हरिवंश आचार्यले लेखेका छन् भने पटकथा आचार्य र प्रदीप भट्टराईको रहेको छ। यसअघि ‘जात्रा’ निर्देशन गरेका भट्टराई यस फिल्मका निर्देशकसमेत हुन्। उनले करिब डेढ दशक मह जोडीको सहायक भएर काम गरेका थिए।

फिल्ममा संगीत राजनराज सिवाकोटीले भर्नेछन् भने कोरियोग्राफी कविराज गहतराजले गर्नेछन्। फिल्मको छायाँकार दीर्घ गुरुङ रहेका छन्।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.