गायक प्रराज पौडेलको ‘कहिले तिम्रो आँखा’ बोलको गीत सार्वजनिक (भिडियो)


गायक प्रराज पौडेलको नयाँ गीत ‘कहिले तिम्रो आँखा’ सार्वजनिक भएको छ।

पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय साहित्यकार तथा गीतकार अम्बिका गुरुङको शब्द रहेको रोमान्टिक गीत ‘कहिले तिम्रो आँखाले’ को म्युजिक भिडियो अहिले सार्वजनिक भएको हो।

गुरुङले आफ्नै गीति एल्बम ‘भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन्।

गीतमा निल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन्। भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन्। भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय देख्न सकिने छ ।

हरी हुमागाईँद्वारा छायांकन गरिएको भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन्। भिडियो हेर्नुहोस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.