यो साता ‘जोनी जेन्टलम्यान’ सहित ३ फिल्म नेपाली हलमा

यो साता ‘जोनी जेन्टलम्यान’ सहित ३ फिल्म नेपाली हलमा


यो साता नेपाली हलमा ३ वटा फिल्म प्रदर्शनमा आएको छ। हलमा नेपाली फिल्म जोनी जेन्टलम्यान र लिला लागेको छ भने हिन्दी फिल्म सिमरन पनि भदौ ३० गते शुक्रबार प्रदर्शनमा आएको छ।

नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको हो। पल शाह र आँचल शर्मा अभिनित फिल्म पछिल्लो समय गीत,संगीत र ट्रेलरका कारण चर्चामा रहेको  थियो। फिल्मको निर्माण एनड्रिउ पौडेल र अजय मल्लले गरेका हुन् ।

यो फिल्म देशभरका ६० बढी हलहरुबाट प्रदर्शनमा आएको छ। पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’बाटै नेपाली सिनेमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो फिल्म हो ।

फिल्ममा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ।

यसैगरी कृष्ण प्रसाद दंगालको फिल्म लिला पनि यसै साता प्रदर्शनमा आएको छ। रमेश कोइराला निर्देशित फिल्ममा मलिना जोशी, संचिता लुँइटेल र राज कटुवालको मुख्य अभिनय रहेका छ। फिल्म प्रेम र द्वन्दमा आधारीत छ।

यसैगरी बलिउड अभिनेत्री कंगना रनावतकाे फिल्म सिमरन पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। हंसल मेहताद्वारा निर्देशित फिल्ममा कंगनाको बोल्ड अभिनय देख्न सकिन्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.