पोखराको सभागृहमा मल्टिप्लेक्स हल सञ्चालनमा


पोखराको सभागृह चोकमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ। पोखरामा २८ वर्षदेखी चलचित्र व्यवासयमा संलग्न व्यवसायी उत्तम द्वा र उनको परिवारले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन्। मिड टाउन ग्यालेरिया कम्प्लेस सहित दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक निकेश द्वाले जानकारी दिए।

‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौं,’ मिड टाउन ग्यालेरियाका अध्यक्ष उत्तम द्वाले भने, ‘अब आरमदायी रुपमा सिनेमा हेर्न पोखरा बासीलाई बाहिर जानु पर्दैन।’

उनले हलमा आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको बताए। एनईसी टुके प्रोजेक्टर जुन विश्वकै आधुनिक हो, यसले देखाउने पिक्चर क्वालीटी अन्तराष्ट्रिय स्तरको भएको द्वाले बताए। मिड टाउन ग्यालेयरिया सिनेमाजबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको उनले बताउँदै विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट समेत रहेको उनले बताए।

पोखरामा चारवटा र बुटवलमा एकवटा हल संचालन गर्दै आएका द्वाले व्यापारिक मल सहित मल्टिप्लेक्स हल निर्माण गरेका हुन्। ‘दुईवटा मल्टिप्लेक्स हल एउटामा १ सय ७३ र अर्कोमा १ सय ८२ सिट क्षमताका छन्।’ हलसंचालक द्वाले प्रस्ट पारे। मलमा ब्राण्डे सामानहरु राख्ने तयारी छ। उनले मल सहित २८ करोड र हललाई ८ करोड खर्च भएको बताए।

मलमा ३० वटा भन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानले ग्यालेरियामा ब्राण्डेड सामानहरु राख्ने प्रबन्धक निकेश द्वाले जानकारी दिए । उनले एप्पलको इभो स्टोर, ब्राण्डेड लुगाको विक्रेता बोसिनी, कस्मेटीक सामग्रीको बडी सप, कन्भर्स र भान्स जुत्ता कम्पनी, स्तरीय रेष्टुरेण्ट, कफी सप, एटिएम लाउन्ज, व्युटी सलुनको व्यावसायीक स्टल हुने उनले बताए।

मल्टिप्लेक्स हलमा चलचित्र हेर्नका लागि शुक्रबार, शनिबार र सार्वजनीक विदाको दिन ३ सय ५०, मंगलबार र विहान ८ बजेको सोका लागि १ सय ७५ र अन्य बारमा २ सय ५० रुपैया तिर्नु पर्ने द्वाले बताए ।

पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना, पुर्णिमा, सिनेप्लेकका दुई वटा हल संचालनमा रहेका छन्। फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि सिनेमा घरहरु केहि बर्ष पहिले नै बन्द भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.