फिल्म ‘छक्का पञ्जा २’ को ‘एक्सप्रेस कमेडी टुर’ शुरु


फिल्म ‘छक्का पञ्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’को तालिका सार्वजनिक गरेको छ। असोज ११ गते रिलिज हुने फिल्मको प्रचारको लागि निर्माण युनिटले भदौ २९ गते बिहिबारदेखि मोफसलको यात्रा शुरु गरेको छ।

राजधानी बाहिरका जिल्लमा निर्माण युनिटले दर्शक र मिडियासँग यसबिचमा अन्तर्क्रिया गर्नेछन्। निर्माण टिमले सार्वजनिक गरेको तालिका अनुसार यात्राको सुरुवात २९ गते पुर्वको दमकबाट हुने र त्यसपछि ३० गते इटहरी, ३१ गते हेटौंडा, असोज १ गते नारायणगढ, २ गते बुटवल हुँदै पोखर पुग्नेछ।

फिल्मका निर्माता तथा अभिनेता दिपकराजगिरीले ३ पोखरा पुगेर निर्माण युनिट काडमाडौं फर्किनेछ।

यस कमेडी टुरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका प्राय सम्पूर्ण कलाकार उक्त टुरमा सहभागी हुनेछन्।

‘छक्का पञ्जा’ सर्वाधिक हिट भएपछि ‘छक्का पञ्जा २’ को निर्माण भएको हो। जसलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.