नेपथ्यको नयाँ भिडियो सार्वजनिक


लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरी जाउँला’ बोलको नयाँ म्यूजिक भिडियो युट्युबमा रिलिज गरेको छ।’ मै मरि जाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ।

वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनका बेदनालार्इ गीतमा समेटिएको छ।

स्थापनाको २५ वर्ष पुगेका अवसरमा ब्याण्डले सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो।

‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका गायक अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेलमा पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको यति समय पछि म्यूजिक भिडियो बनेर युट्युब मार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ।’

नेपथ्यले अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेर आएपछि यो गीतलाई रिलिज गरेको हो ।

‘यो रिलिजसँगै हाम्रो भिजुअल टिम फेरि अर्को गीतको म्यूजिक भिडियो तयार पार्ने काममा लागिसकेको छ,’ नेपालयका किरणकृष्ण भन्छन्, ‘अबको म्यूजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दसौं अल्बमको ताजा गीतमाथि बन्नेछ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.