फिल्म ‘लिलि बिली’ निर्माणको औपचारिक घोषणा


फिल्म ‘लिलि बिली’ निर्माणको औपचारिक घोषणा भएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरि निर्माण पक्षले फिल्म ‘लिलि बिली’ निर्माण गर्ने घोषणा गरेका हुन्।

फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदिप खड्का देखिनेछन् भने दुई अभिनेत्रीले यसै फिल्ममार्फत डेब्यु गर्नेछन्।

मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा दुई नव अभिनेत्री जसिता गुरुङ र रेविका गुरुङ रहेका छन्। फिल्ममा अनुप विक्रम शाही पनि मुख्य भूमिकामा हुने निर्माण पक्षले जनाएको छ।

फिल्मको छायाँकन कात्तिक देखि सुरु हुने र देशबाहिरका शरहरुमा फिल्मको शुटिङ हुने निर्देशक चाम्सले जानकारी दिए।

फिल्म घोषणापछि अभिनेता प्रदिप खड्काले आशुषेन फिल्मस्को व्यानरबाट अर्को काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा खेल्न पाउँदा खुसी लागेको बताउँदै ‘लिलि बिली’को कथावस्तु र पुरै टिम मन परेकोले फिल्म साइन गरेको बताए।

साढे २ करोडको लगानीमा बन्न लागेको फिल्म ‘लिलि बिली’मा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानी छ। प्रदीप भारद्वाजले फिल्मको स्क्रिप्ट लेखेका छन्।

निर्माण पक्षले चैत ३० गते फिल्म रिलिज गर्ने जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.