राजधानी बाहिरका शहरमा फिल्म ‘जोनी जेन्टलम्यान’ टिम


पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’को प्रचारको लागि निर्माण टिम राजधानी बाहिरका जिल्लमा सक्रिय भएका छन्।

फिल्म रिलिज हुन दुई दिन बाँकी हुँदा ‘जोनी जेन्टलम्यान’को मुख्य कलाकार पल र आँचल सहित सबै टिम प्रचारको लागि बुटवल, चितवन र हेटौंडा पुगका छन्। उनीहरुले पुगेको ठाउँमा स्थानीयहरुसँग अन्तर्क्रिया पनि गरेका छन्।

फिल्मको सार्वजनिक ट्रेलर र गीतहरुले दर्शकलाई तानिसकेको छ।

‘जोनि जेन्टलम्यान’लाई नितिन चन्दले निर्देशन गरेका छन् भने एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका छन्।

फिल्म यही भदौ ३० गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.