सीमा क्षेत्रका नेपालीका समस्या विषयमा फिल्म ‘दि कर्मा’ निर्माण हुने


नेपाली र हिन्दी भाषामा चलचित्र ‘दि कर्मा’ निर्माण गर्ने घोषणा गरिएको छ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल–भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका छन्। उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने उनले बताए।

चलचित्रको मुख्य भूमिकामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार बर्माको टुंगो लागेपनि नायिकाको टुंगो केही दिनमै लाग्ने निर्माण पक्षले जनाएको छ। चलचित्रमा क्षीतिजा शाक्य, नसिमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहने बताइएको छ।

बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’लगायत टलिउड फिल्म तथा मराठी चलचित्रमा अभिनय गरेका छन्। यस चलचित्रमा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहने बताइएको छ।

चलचित्र मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको छ। चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ।

जयराज राय र निशा खतिवडाले निर्माण गर्ने चलचित्र ’‘द कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.