‘आई लभ यु २’ को कभर नृ्त्य प्रतियोगिता, जित्नेलाई १ लाख


एक वर्षअघि रिलिज गीत ‘आइ लभ यु’ को सिक्वेल भनिएको गीत ‘जता जता पिरतीको बाटो’ ले कभर नृत्य प्रतियोगिताको घोषणा गरेको छ।

विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको गीतको कभर भिडियो प्रतियोगितामा भाग लिन चाहनेले असोज २० गतेसम्म भिडियो बुझाइसक्नुपर्नेछ।

युट्युबमार्फत् कभर नृत्यमा चर्चा बटुलेको कार्टुन्ज क्रु समूहले तयार पारेको भिडियो युट्युबमा ३४ लाखभन्दा बढी पटक हेरिसकिएको छ।

दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत र सरोज ओलीको स्वरमा तयार गीतको भिडियोमा प्रतियोगितामा भाग लिने ठेगाना समावेश गरिएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.