रेखा र आर्यनको फिल्म ‘रुद्रपिया’को ट्रेलर सार्वजनिक(भिडियो)


रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रपिया’को ट्रेलर सार्वजनिक भएको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मकव सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, र द्वन्दलाई समेटिएको देख्न सकिन्छ। ८ वर्षपछि आर्यन र रेखा यस फिल्ममार्फत सँगै देखिएका छन्।

यसअघि फिल्मको गीत ‘चिरबिर चिरबिर चाँचरी’ बोलको गीत सार्वजनिक भइसकेको छ।

सुदिप बाबुले निर्देशन गरेको फिल्म ‘रुद्रपिया’को प्रदर्शन कात्तिक २ गते हुने तयारीमा छ। फिल्ममा सुरेश अधिकारी र अर्जुन पोखरेले संगीत दिएका छन्।

फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन भने सञ्जय लामाले फिल्मको छायाँकन गरेका छन्। ट्रेलर सार्वजनिक भएपछि रेखाले यो फिल्म पनि पछिल्ला फिल्म जस्तै नारी प्रधान रहेको बताइन्।

रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी छिन्।

हेर्नुहोस् ट्रेलर।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.