पाँच फिल्मकर्मी ‘एभरेष्ट सिने अनर’ बाट सम्मानित


एभरेष्ट सिने एकेडेमीले यस वर्षको सिने अनरको रुपमा पाँच फिल्मकर्मीलाई सम्मान गरेको छ।

आइतबार एक कार्यक्रमका बीच फिल्म ‘जात्रा’बाट निर्देशक प्रदिप भट्टराई, ‘जात्रा’ बाटै नायक विपिन कार्की, ‘लुट २’ बाट सम्पादक सुरेन्द्र पौडेल र ‘लुट २’ बाटै छायाँकार पुरुषोत्तम प्रधानलाई ‘एभरेष्ट सिने अनर’बाट सम्मानित गरिएको हो।

कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा सम्मानित भएका छन्। एकेडेमीका प्रबन्ध निर्देशक बिशाल श्रेष्ठका अनुसार बर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाँकारलाई ‘एभरेष्ट सिने अनर’बाट हरेक बर्ष सम्मानित हुनेछन्।

२ वर्ष अगाडि स्थापना भएको एभरेष्ट एकेडेमीले यसवर्षदेखि ‘एभरेष्ट सिने अनर’ सुरु गरेको हो। एभरेष्ट फिल्म एकेडेमीले फिल्म सम्बन्धि अध्ययन तथा अध्यापन गराउँदै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.