‘बिपी कोइरालाका विचार दर्पण’ लोकार्पण


नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताएका छन्।

बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको ‘बिपी कोइरालाका विचार दर्पण’  नामक पुस्तक सोमबार लोकार्पण गर्दै उनले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिए।

उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहेका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताए।

पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताए। अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिए।

पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन्। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.