फ्राइडे मूभीः ‘दुई रुपैयाँ’ र ‘पोस्टर व्वाय’


यो साता नेपाली हलमा नेपाली फिल्म ‘दुई रुपैयाँ’ र ‘पोस्टर व्वाय’ रिलिज भएको छ। सर्वाधिक लोकप्रिय ‘कुटुमा कुटु’ गीत समावेश फिल्म ‘दुई रुपैयाँ’ शुक्रबार भदौ २३ देखि देशव्यापी रुपमा हलमा प्रदर्शनमा आएको छ।

निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशानलगायत अभिनित फिल्मलाई असीम शाहले निर्देशन गरेका हुन्।

असीमको यो डेब्यु निर्देशन फिल्म हो। यसअघि उनी म्युजिक भिडियो, विज्ञापन निर्देशनमा सक्रिय थिए।

यसैगरि हिन्दी फिल्म ‘पोस्टर व्वाय’ पनि नेपाली हलमा शुक्रबारदेखि रिलिज भएको छ ।फिल्ममा अभिनेता बबि देवल र सनि देवलको मुख्य भूमिका रहेको छ।  फिल्मका निर्देशक श्रेयस तलपडे हुन्। फिल्मको बिधा हास्यप्रधान हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.