फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक


छबिराज ओझाको ब्यानरमा बनेको फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ। ‘पर्ख पर्ख’ बोलको गीतमा अभिनेता पुष्पल खड्का र अभिनेत्री शिल्पा पोखरेलको नृत्य देख्न सकिन्छ।

लोक लयमा तयार भएको गीतमा कृष्ण काफ्ले र विन्दु परिवारले स्वर दिएका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्मित ‘मंगलम’का कार्यकारी निर्माता छविराज ओझा हुन्।

शिल्पाले पनि फिल्ममा लगानी गरेकी छन्। फिल्मको निर्देशन नवल नेपालले गरेका छन्। फिल्ममा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई, साम्राज्ञी राज्यलक्ष्मी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म असोज ११ गते रिलिजको तयारीमा छ।

हेर्नुस भिडियो

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.