फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा


पुजा शर्मा र पल शाह अभिनित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ। बुधबार फिल्मका निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसरमा ‘म यस्तो गीत गाउँछु २’ को सिक्वेल निर्माणग गर्ने घोषणा गरेका हुन्।

सिक्वेलमा पनि मुख्य कलाकार पुजा शर्मा, पल शाह र सलोन नै हुने उनले बताए। निर्देशक सुदर्शनले दर्शकको माया र स्नेहले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्न लागिएको बताए।

उनले फिल्मको छायाँकन माघबाट सुरु हुने बताउँदै फिल्मको तयारीमा जुटेको बताए। सुदर्शनले ‘म यस्तो गीत गाउँछु २’ सँगै अर्को प्रोजेक्टमा पनि काम गर्ने घोषणा गरेका छन्। तर उत्त प्रोजेक्टको बारेमा उनले केही खुलाएका छैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.