पत्रकार ऋषि धमलाकी श्रीमती एलिजाले फिल्म निर्माण गर्ने, अभिनेत्री पनि आफैँ


पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गर्ने घोषणा गरेकी छन्। बुधबार एक कार्यक्रमबीच उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन्। फिल्ममा अभिनेत्रीको भूमिका पनि उनैले खेल्ने भएकी छन्।

फिल्ममा उनको जोडी मोडल दिपक घिमिरेले साथ दिनेछन्।

कार्यक्रममा एलिजाले श्रीमान्को कारण फिल्म निर्माण र अभिनयमा हात हाल्ने प्रेरणा मिलेको बताइन्। अनुराग माया प्रेममा आधारीत फिल्म भएको उनले जानकारी दिइन्।

फिल्मको निर्देशन सत्यराज चौलागाईले गर्नेछन्। फिल्ममा कलाकार सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदिले पनि अभिनय गर्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.