यस्तो देखियो ‘एेश्वर्या’को पोस्टर


रमेश उप्रेतीको फिल्म ‘ऐश्वर्या’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य कलाकार रमेश उप्रेती, दीपिका प्रसाईँ र प्रशान्त ताम्राकारलाई देखाइएको छ।

यसअघि फिल्मको गीत र टिजर सार्वजनिक भइसकेको छ। पोस्टरलाई टौवा क्रियसनले डिजाइन गरेको हो।

पोस्टर सार्वजनिक गर्दै फिल्मका निमार्ता रमेश उप्रेतीले फिल्ममा केही नयाँ प्रयोग गरिएको बताए।

फिल्ममा रमेश, प्रशान्त र दीपिका सँगै केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ।

फिल्मको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका छन्। फिल्म कार्तिक ९ मा रिलिज हुनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.