अभि सुवेदीलाई बीपी साहित्य सम्मान

बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना भएको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रा.डा. अभि सुवेदीलाई बीपी साहित्य सम्मान प्रदान गर्दै । तस्बिर: अनिश रेग्मी


बीपी साहित्य सम्मान प्रा.डा. अभि सुवेदीले पाएका छन् ।

बुधबार बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना भएको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो सम्मान प्रदान गरेका हुन्  ।

बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने यो सम्मान यस वर्ष सुवेदीलाई दिने निर्णय गरेको हो । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ छ ।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.