मदनकृष्णको ‘महको म’ सार्वजनिक


चर्चित अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को सार्वजनिक भएको छ। श्रेष्ठका कलाकारिताका जोडी हरिवंश आचार्यले पुस्तकको विमोचन गरे।
श्रेष्ठलाई शुभकामना दिँदै कार्यक्रमा आचार्यले भने, ‘धेरै पहिले मैले एउटा स’रिलो रुखको आत्मकथा पढेको थिएँ। त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो मलाई। मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन। म मेरो जीवन दाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रवीन्द्र समीरले भने, ‘प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म एउटा शास्त्रीय आत्मकथा हो! आत्मप्रशंसा, आत्मश्लाघाबाट पूर्णतया: बचेको यो पुस्तक नेपाली साहित्यको अमुल्य प्राप्ति हो। महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक पहिचान भएको पुस्तक हो।’
‘४ दशकभन्दा लामो समयसम्म हरिवंश आचार्यको भाषामा सियो र धागो भएर मह जोडी बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसङ्ग नदोहोरिनु अर्को विशेषता हो,’ उनले थपे, ‘महको म पढ्दा कहिले एक्लै हाँसो लाग्छ, कहिले गम्भीर बनाउँछ, कहिले घोत्लिन बाध्य गराउँछ, कहिले रुवाउँछ, कहिले लेखकप्रति अगाध श्रद्धा उत्पन्न हुन्छ त कहिले मीठो ईष्र्या लाग्छ! प्रेम, अन्तरजातीय विवाह, यसोदा भाउजुको क्यान्सर सङ्घर्ष, लेखकको पार्किन्सनको कारण ‘चिप्स र ब्याट्री ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउँछ।’
कार्यक्रममा श्रेष्ठले लेखेका गीत उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए। साथै, श्रेष्ठ आफैंले पनि आफ्ना केही गीत गाएका थिए।
पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भीक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डो¥याउँछ।
पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। पुस्तकको हार्डकभर मुल्य ८७६ रुपैयाँ र पेपरब्याक मुल्य रु ५७६ रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.