फिल्म ‘मंगलम’ को फस्ट लुक पोस्टर सार्वजनिक

फिल्म ‘मंगलम’ को फस्ट लुक पोस्टर सार्वजनिक


नवल नेपालले निर्देशन गरेको फिल्म ‘मंगलम’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। छबिराज प्रोडक्सनको ब्यानर तथा गुन सिनेमा प्राईभेट लिमिटेडले प्रस्तुत गरेको फिल्म ‘मंगलम’को फस्ट लुक पोस्टर मंगलबार सार्वजनिक भएको हो।

सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी, पुष्पल खड्का र पृथ्वीराजलाई प्रस्तुत गरिएको छ।

फिल्ममा यीनै कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मलाई छबिराज ओझाले निर्माण गरेका छन्। कविराज गहतराजले फिल्ममा नृत्य निर्देशन गरेका छन् भने दिपक शर्माको संगीत र गोविन्द फुँयालको कथा छ।

फिल्म असोज ११ गतेदेखि देभरभर एक साथ प्रदर्शनमा आउने तयारीमा छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.